News Category 2081/10/16
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
राजविराज जेसीजमा बर्ष २०२५को लागि पंकज कुमार देवको नेतृत्वमा नयाँ कार्यासमितिले बुधबार एक समारोहबीच शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन ।
राजविराज जेसीजका बर्ष २०२५का अध्यक्ष देवको अध्यक्षतामा भएको कार्यक्रमको उतराद्र्धमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख ईशरत परवीणले युवाहरुलाई दक्ष बनाएर सामाजिक कार्य गर्न उद्यत गराउन लाग्ने संस्था भएको जेसीजसँग सहकार्य गर्न पालिका उत्सुक रहेको उद्घोष गरिन् ।
उनले समाजका युवाहरुमा आधुनिकताको प्रभाव र विकृति विसंगति झाँगिदै गएकोले सोलाई न्युन गर्न जेसीज जस्ता संस्थाले अभियान नै सञ्चालन गर्नु पर्नेमा जोड़ दिइन ।
बिशिष्ट अतिथिका आसनबाट शुभकामना मनतव्य दिंदै राजविराज जेसीज र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष गोबिन्द सिंहले जेसीजबाट प्रशिक्षण पाएका युवाहरुले समाजमा बेग्लै तर प्रभावकारी ढङ्गले काम गर्ने गरेको बताए । सकारात्मक सोच राख्ने युवाहरुको जमात हुने यस संस्थाले नेपालमा छुट्टै किसिमको प्रभाव राखेको बताउँदै पूर्व अध्यक्ष सिंहले युवाहरुमा व्यक्तिगत र व्यावसायिक जीवन जिउने कला सँगै सामाजिक उतरदायित्व निर्वहन गर्ने क्षमता पनि जेसीजले बढाउने गरेको बताए ।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटा, राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई, राष्ट्रिय उपाध्यक्ष उज्जवल काबरा, बिराटनगर जेसीजका अध्यक्ष प्रितेशराज दाहाल र राजविराज जेसीजका पूर्व अध्यक्ष सतीशकुमार दत्त सहितका वक्ताहरुले शुभकामना मनतव्य व्यक्त गरे ।
यस पूर्व कार्यक्रमको पूर्वाद्र्धमा राजविराज जेसीज बर्ष २०२४का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा राजविराज जेसीजद्वारा “बर्षका उत्कृष्ट शाखा सदस्य” को लागि बितरण गरिने “शंकर स्मृति सम्मान”बाट बर्ष २०२४ का महासचिव रहेका पंकज कुमार देव र “राजविराजका सक्रिय युवा”का लागि दिइने “मानमल काबरा सम्मान”बाट अमित कुमार गुप्तालाई सम्मानित गरिएको थियो । सोही क्रममा अध्यक्षको आफ्नो कार्यकाल बाट विदा लिंदै गरेका आनन्दले आफ्नो कार्यकालमा सहयोग गर्ने र कार्यक्रममा सहभागी भएका सबैलाई “मायाको चिनो” प्रदान गरे ।
कार्यक्रमको प्रथम सत्रको सञ्चालन बर्ष २०२४ का महासचिव पंकज कुमार देव र दोश्रो सत्रको सञ्चालन बर्ष २०२५का महासचिव संजोग कुमार देवले गरे । राजविराज जेसीजको बर्ष २०२५का लागि पदस्थापन गरेको पंकज कुमार देवको कार्यसमितिमा कार्यकारी उपाध्यक्षको रुपमा सौरवकुमार सिंह र होमेश काबरा, महासचिवमा संजोग कुमार देव, कोषध्यक्षमा बिक्रम काबरा, कानूनी सल्लाहकारमा सुमितकुमार मुन्ना र तालिम संयोजकमा रविकुमार राय रहेको जानकारी दिंदै निर्वाचन आयुक्त रहेका उज्जवल काबराले उपाध्यक्षहरुमा अमितकुमार गुप्ता, हेम नारायण गोइत, प्रणव आनन्द र हेम नारायण चौधरी रहेको जानकारी दिए ।
एक व्यक्ति, एक कार्यकाल र एक पदको सिद्धान्तमा चल्ने युवाहरुको बैश्विक संस्था रहेको जेसीजमा कार्यकाल अंग्रेजी बर्षको आधारमा चल्ने गरेको जेसीजको समिति प्रत्येक बर्षको जनवरीबाट कार्यकाल चल्ने यस संस्थाको कार्यकाल डिसेम्बरमा समाप्त हने गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ