News Category 2081/10/16
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्ने बताएका छन् ।
जनतासँग जसपा नेपाल, अधारभूत संगठन निर्माण अभियान अन्तरगत बुधबार सो पार्टीको हनुमाननगर कंकालिनी नगर समितिद्वारा इनर्वामा आयोजित “बृहत पार्टी प्रवेश” कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जसपा नेपालको अभियानलाई बल पु¥याउन सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिँदै यसले मात्र मधेश मुक्तिको अभियान सफल हुने जिकिर गरे ।
पार्टीको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउन जनतासँग जसपा नेपाल अभियान चलाइएको जनाएका छन् । “संगठन शक्ति हुन्छ, उनले भने–शक्ति निर्माणका लागि जनतालाई संगठित गर्न हामी अभियानमा निस्केका छौं ।”
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राहुल मण्डल सहित विभिन्न पार्टी परित्याग गर्दै सयजना भन्दा बढी नेता÷कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन ।
मण्डल नेकपा माओवादी केन्द्र सप्तरी जिल्ला कमिटीका पुर्व सदस्य हुन । उनी सो पार्टीबाट २ पल्ट हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पदमा प्रत्यासी समेत भएका ब्यक्ती हुन् । यद्धपी दुबै निर्वाचनमा सफलता भने प्राप्त गर्न सकेका छैनन् । मण्डल सहित सयजना भन्दा बढी नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गरेको जसपा नेपाल हनुमाननगर कंकालिनी नगर समितिका संयोजक कृष्ण कुमार यादवले बताए ।
उनकै अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवका साथै जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सचिव शैलेन्द्र साह, प्रदेश सांसदद्वय किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला अध्यक्ष केदार यादव, केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य विकास कुमार तिवारी लगायतले पनि बोल्दै नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ