News Category 2081/10/16
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्ने बताएका छन् ।
जनतासँग जसपा नेपाल, अधारभूत संगठन निर्माण अभियान अन्तरगत बुधबार सो पार्टीको हनुमाननगर कंकालिनी नगर समितिद्वारा इनर्वामा आयोजित “बृहत पार्टी प्रवेश” कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जसपा नेपालको अभियानलाई बल पु¥याउन सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिँदै यसले मात्र मधेश मुक्तिको अभियान सफल हुने जिकिर गरे ।
पार्टीको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउन जनतासँग जसपा नेपाल अभियान चलाइएको जनाएका छन् । “संगठन शक्ति हुन्छ, उनले भने–शक्ति निर्माणका लागि जनतालाई संगठित गर्न हामी अभियानमा निस्केका छौं ।”
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राहुल मण्डल सहित विभिन्न पार्टी परित्याग गर्दै सयजना भन्दा बढी नेता÷कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन ।
मण्डल नेकपा माओवादी केन्द्र सप्तरी जिल्ला कमिटीका पुर्व सदस्य हुन । उनी सो पार्टीबाट २ पल्ट हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पदमा प्रत्यासी समेत भएका ब्यक्ती हुन् । यद्धपी दुबै निर्वाचनमा सफलता भने प्राप्त गर्न सकेका छैनन् । मण्डल सहित सयजना भन्दा बढी नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गरेको जसपा नेपाल हनुमाननगर कंकालिनी नगर समितिका संयोजक कृष्ण कुमार यादवले बताए ।
उनकै अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवका साथै जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सचिव शैलेन्द्र साह, प्रदेश सांसदद्वय किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला अध्यक्ष केदार यादव, केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य विकास कुमार तिवारी लगायतले पनि बोल्दै नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ