News Category 2081/10/17
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भ स्नान गर्न पुगेका सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्कबिहिन भएका छन ।
मंगलवार कुम्भ स्नानको क्रममा मध्यराती भच्चिएको भागदौडमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी टोलकी ६० वर्षिया सुनैना देवी झा भागदौडका क्रममा सम्पर्क बिहीन भएको छोरा ललितले बताएका छन् ।
यस्तै सोही पालिका वडा ३ सकरपुराका ६५ वर्षिय बुलबुल खंग पनि सोही दिनदेखि कुम्भ स्थलबाट सम्पर्क बिहिन भएको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिएका छन् । दुवैका आफन्त अहिले भारतीय प्रहरीको समन्वयमा खोजी कार्य गरिरहेको परिवारजनले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नतेले भारतको प्रयागराजमा कुम्भ स्नानका लागि गएका दुई जना नेपाली तीर्थयात्री हराईरहेको चर्चा सुनिएपनि पीडितका परिवारले भने आफुहरुलाई कुनै जानकारी र सम्पर्क नगरेको बताए । यद्यपी यसबारे पीडित भनिएका परिवारबाट कुरा बुझेर खोजतलाशका लागि भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय र पहल गरिने उनको भनाई छ । यहाँबाट दैनिक सयौंको संख्यामा तिर्थयात्रीहरु कुम्भ स्नानका लागि प्रयागराजतर्फ जाने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ