News Category 2081/10/17
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भ स्नान गर्न पुगेका सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्कबिहिन भएका छन ।
मंगलवार कुम्भ स्नानको क्रममा मध्यराती भच्चिएको भागदौडमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी टोलकी ६० वर्षिया सुनैना देवी झा भागदौडका क्रममा सम्पर्क बिहीन भएको छोरा ललितले बताएका छन् ।
यस्तै सोही पालिका वडा ३ सकरपुराका ६५ वर्षिय बुलबुल खंग पनि सोही दिनदेखि कुम्भ स्थलबाट सम्पर्क बिहिन भएको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिएका छन् । दुवैका आफन्त अहिले भारतीय प्रहरीको समन्वयमा खोजी कार्य गरिरहेको परिवारजनले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नतेले भारतको प्रयागराजमा कुम्भ स्नानका लागि गएका दुई जना नेपाली तीर्थयात्री हराईरहेको चर्चा सुनिएपनि पीडितका परिवारले भने आफुहरुलाई कुनै जानकारी र सम्पर्क नगरेको बताए । यद्यपी यसबारे पीडित भनिएका परिवारबाट कुरा बुझेर खोजतलाशका लागि भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय र पहल गरिने उनको भनाई छ । यहाँबाट दैनिक सयौंको संख्यामा तिर्थयात्रीहरु कुम्भ स्नानका लागि प्रयागराजतर्फ जाने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ