News Category 2081/10/17
रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
राजविराजस्थित तरकारी हाट बजारमा अहिले विभिन्न रङ्गका काउली बिक्रिका लागि आउन थालेपछी उपभोक्ता त्यसतर्फ आकर्षित हुँदै गएका छन् ।
पहिला पहिला सेतो र हरियो मात्र काउली बिक्रि हुने यस हाट बजारमा अहिले रङ्गीचङ्गी काउली आउन थालेपछी उपभोक्ताहरु त्यसतर्फ आकर्षित भएका हुन् ।
राजविराज ७ स्थित तरकारी हाट बजारमा अहिले सेतो र हरियोका साथै गुलाबी, बैजनी र पहेलो रङ्गको काउली पनि विक्री हुन थालेको छ । ती दुबै काउली भन्दा स्वाद समेत फरक हुने गरेकाले यहाँका उपभोक्ताको रङ्गिन काउलीतर्फ आकर्षित भएका छन ।
सेतो रङ्गको काउलीको स्वाद बाह्रै महिना चाख्न पाएका उपभोक्ता अहिले तरकारी बजारमा अन्य रंगका काउलीहरु पनि पाउन थालेपछी फरक स्वादका लागी रङ्गीचङ्गी काउली किन्ने गरेको तरकारी ब्यवसायी कुशेश्वर साहले बताए ।
सेतो र हरियो काउली भन्दा अन्य रंगका काउलीको मुल्य भने मंहगो रहेको छ । सेतोको १० देखी २० र हरियोको ३० देखी ४० प्रति किलो मुल्य रहेकोमा बाँकी तीन रंगका काउलीको भने ८० देखी ९० रुँपैयासम्म प्रति किलो मुल्य रहेको छ ।
तरकारी व्यवसायी भूपेन्द्र यादवले रंगीचंगी आकषर््ाक काउली हेर्न र मोवाइलमा फोटो खिच्ने सर्वसाधारणको भीड समेत लाग्ने गरेको सुनाए । उनले रंगीन काउलीका लागि भारतबाट काउलीको विऊ झिकाएर खेतीपाती गरेको र उत्पादन खर्च बढ्न जाँदा रंगीन काउलीको मूल्य बढी राख्नु परेको सुनाए ।
सप्तरकिो तुलनामा सिराहाका किसानहरुले विभिन्न रंग र फरक स्वादका काउली फलाउन थालेको र यहाँका कतिपय तरकारी व्यवसायी सिराहाको गोलबजारबाट उक्त रंगी चंगी काउली खरिद गरेर ल्याई बिक्री गर्न थालेको तरकारी व्यवसायीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ