News Category 2081/10/20
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
खाताधारीलाई थाहै नदिई बैंकबाट खाता संचालन गरि सर्वसाधारणसँग लाखौं रकम ठगी गरिएको घटना सार्वजनिक भएको छ ।
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँस गरि संचालन गरिएको बैंक खाताबाट ५ लाख भन्दा बढी ठगी भएको खुालास भएको हो ।
राजविराज नगरपालिका १ वस्ने २२ वर्षीय विजय कुमार यादवले २०८० साल बैशाख १४ गते आफनो चोरी भएको नागरिकताको प्रयोग गरी एक अपरिचित ब्यक्तीले विराटनगरस्थित सिटीजन बैंकमा खाता खोलेर सोही खाता मार्फत ठगी धन्दा चलाएको संचारकर्मीलाई बताएका छन ।
आपुृmलाई थाहै नदिइ खोलिएको खाताबाट ठगी धन्दा र कारोबार भएको थाहा पाएपछि तनावमा परेको उनको भनाइ छ । यसरी ठगी धन्दा चलाउने ब्यक्तीबाट पीडितहरु आफु विरुद्ध प्रहरीमा उजुरी दिएपछी मात्र सो बारे जानकारी पाएको उनले बताएका छन ।
राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत यादवले बैंकमा खाता खोल्ने ब्यक्तीले नागरिकतामा रहेको आप्mनो फोटो झिकेर अर्कै फोटो टाँसेको, हजुरबुवा, हजुरआमा र टोलको नाम सच्याएको तथा सहि छाप समेत किर्ते गरी बैंकमा खाता खोल्न सफल भएको बताएका छन ।
फर्जी नागरिकता र कागजातका आधारमा खाता खोल्ने क्रममा खाताधारीको परिचय र सनाखत गर्ने ब्यक्ती सोही बैंकका कर्मचारी कविता राजवंशी रहेको पत्ता लागेको उनले बताए । चोरी भएको नागरिकता र किर्ते कागजातको आधारमा उक्त बैंकमा १७००१०००००८०१० नं.बाट खाता संचालन गरी ती अपरिचित ब्यक्तीले एनसेल कम्पनीको २ वटा सिम समेत झिकेको यादवले बताएका छन ।
यस्तै उक्त खातामा विभिन्न आकर्षक योजना र बैदेशिक रोजगारीका नाममा ती अपरिचीत ब्यक्तीले चितवनकी करुणा सुनवारबाट ९० हजार, सुनसरीका मणी कुमार राईबाट २ लाख ८१ हजार र आयुष राईबाट २ लाख १५ हजार रुपैया ट्रान्सफरको माध्यमबाट झिकाई ठगी गरेको बुझिन आएको उनले जानकारी दिए ।
यसरी ठगीमा परेका ब्यक्तीहरुले आप्mनो नाममा विराटनगरस्थित सिटिजन बैंकमा रहेको खाता मार्फत रकम ठगी गरिएको भन्दै चितवन, सुनसरी र काठमाडौं प्रहरीमा उजुरी दिएपछी आफुले सो बारे थाहा पाएको यादवको कथन छ ।
२०७९ साल कार्तिक २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७१–०८८९५ नम्बरको नागरिकता प्रमाण पत्र प्राप्त गरेको यादवले नागरिकता चोरी भएको जानकारी सहित २०८० साल कार्तिक २१ गते सो कार्यालयबाट नागरिकताको प्रतिलिपी लिएका थिए । त्यसपछि उनले राजविराज स्थित प्रभु बैंकमा खाता खोलेका थिए । उक्त खातामा रहेको ३५ हजार रुपैया झिक्न जाँदा बंैकका कर्मचारीले उक्त खाता प्रहरीले हाल रोक्का गराएको जानकारी दिएपछी उनी चकित परेका थिए ।
प्रभु बैंकका कर्मचारीले काठमाण्डौं प्रहरीको आदेशमा हाल उक्त खाता ब्लक (रोक्का) गरिएको जनाएको छ । ठगी प्रकरणको छानवीनका लागि हाल यादवको खाता भद्रकाली अनुसन्धान प्रहरी कार्यालय काठमाडौको च.न.६८१२ को पत्रानुसार रोकिएको हो, एक कर्मचारीले भने ।
यादवलाई थाहै नदिई विराटनगरस्थित सिटीजन बैंकमा उनकै नाममा फर्जी कागजातको आधारमा खाता खोलिनु र खाताधारीको पहिचान, परिचय र सनाखतमा बैक कै कर्मचारी वस्नुले ती कर्मचारीलाई पनि शंकाको घेरामा ल्याउनुका साथै बैकिङ प्रणाली पनि फितलो भएकै देखिएको कानुन व्यवसायी विजय झाको भनाइ छ ।
विजय यादवको नाममा संचालन रहेको खाताबाटै ठगी भएको पीडित पक्षको उजुरीपछि हाल उनको नाममा प्रभु बैंकमा संचालन रहेको खाता पनि अनुसन्धानका क्रममा रोक्का राखिएको प्रहरीको भनाइ छ । यादवले भने डेढ महिना पछि हुने एसइइ परिक्षाको तयारीमा लागेका वखत नखाएको विष लाग्दा आफु तनावमा परेको भन्दै उक्त प्रकरणको छानवीन गरी दोषीमाथी कडा कारवाही हुनु पर्ने माग गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले उक्त समग्र प्रकरणको अनुसन्धान अहिले भक्तपुर जिल्ला प्रहरी कार्यालयले गरिरहेको बताए । उनले यादव र उनका आफन्तलाई सोही कार्यालयमा पुगी आप्mना पक्ष र प्रमाण राख्न सुझाव दिइएको बताउँदै दोषी नउम्कोस र निर्दाेष नफसोस भन्ने मान्यताका साथ प्रहरी अघि बढेको जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ