News Category 2081/10/21
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सर्वसाधारणसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी धन्दा चलाउने गिरोहमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले सोमवार एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ३ निवासी ३६ वर्षिया समिना खातुन छिन । उनलाई ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा अनुसन्धानका लागी सुनसरीस्थित उनको होटलबाट पक्राउ गरी सप्तरी ल्याइएको प्रहरीले जनाएको छ ।
सोमवार नै उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
प्रहरीले यस अघि उक्त गिरोहका मुख्य नाइकै भनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने राम बहादुर रजकलाई गत पुष ७ गते पक्राउ गरेको थियो ।
प्रहरीले सोही प्रकरणमा अनुसन्धानका लागी ७ दिन अघि पत्रकार बैद्यनाथ यादवलाई पनि नियन्त्रणमा लिएको थियो ।
लामो समयदेखी हनुमानी गिरोहले सप्तरी र आसपासका क्षेत्रमा रकम दोब्बर पारिदिने भन्दै एजेन्टहरु मार्फत ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ