News Category 2081/10/21
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सर्वसाधारणसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी धन्दा चलाउने गिरोहमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले सोमवार एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ३ निवासी ३६ वर्षिया समिना खातुन छिन । उनलाई ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा अनुसन्धानका लागी सुनसरीस्थित उनको होटलबाट पक्राउ गरी सप्तरी ल्याइएको प्रहरीले जनाएको छ ।
सोमवार नै उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
प्रहरीले यस अघि उक्त गिरोहका मुख्य नाइकै भनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने राम बहादुर रजकलाई गत पुष ७ गते पक्राउ गरेको थियो ।
प्रहरीले सोही प्रकरणमा अनुसन्धानका लागी ७ दिन अघि पत्रकार बैद्यनाथ यादवलाई पनि नियन्त्रणमा लिएको थियो ।
लामो समयदेखी हनुमानी गिरोहले सप्तरी र आसपासका क्षेत्रमा रकम दोब्बर पारिदिने भन्दै एजेन्टहरु मार्फत ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ