News Category 2081/10/21
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा आएपछी सदरमुकाम आउने बाध्यता हट्यो
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको राजगढ गाउपालिका वडा नं. ४ बेल्हीचपेनामा स्वास्थ प्रयोगशालाको उदघाटन गरिएको छ ।
बसन्त पञ्चमीको अवसरमा सोमबार उक्त स्वास्थ्य प्रयोगशालाको सोमबार गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले उद्घाटन गरेका हुन् ।
स्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मण्डलले स्वास्थ्य जाँचका लागि अब गाउँपालिकाका जनतालाई सदरमुकाम राजविराज धाउनु पर्ने बाध्यता हटेको बताए । उनले यस प्रयोगशालाबाटै गाउँपालिकाका सबै जनातले स्वास्थ्य सम्बन्धी जाँच गराई लाभन्वित हुने विश्वास व्यक्त गरे ।
सस्तो मुल्यमै विभिन्न रोगको स्वास्थ्य परिक्षण सेवा प्राप्त गर्न पाउने भन्दै अध्यक्ष मण्डलले स्वास्थ्य उपचार सबैका लागि सहज बन्न सकोस् भन्ने उद्देश्यका साथ प्रयोगशाला संचालनमा ल्याइएको बताए ।
उनले निकट भविष्यमै गाउँपालिकाले सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरि संचालनमा ल्याउने तयारी गरेको जानकारी समेत दिए । प्रयोगशालाका लागि प्रदेश सरकारको तर्फबाट कार्यालय सहयोगि र ल्याब असिस्टेन्टको दरबन्दी रहेको तथा अन्य आवश्यक दरबन्दी गाउँपालिकाबाटै हुने उनले बताए ।
राजगढ गाउँपालिका ४ स्थित बेल्हीचपेना स्वास्थ्य चौकी भवनमा संचालनमा ल्याइएको उक्त प्रयोगशालाबाट मधेश प्रदेश सरकार र राजगढ गाउँपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा सस्तो मुल्यमा विभिन्न रोगको स्वास्थ्य परिक्षण गराउन पाउने भएका हुन् ।
विभिन्न ६० प्रकारका परिक्षण गरिने प्रयोगशालामा न्यूनतम २५ देखी अधिक्तम १ सय ७५ रुँपैया जाँच शुल्क सर्वसाधारणका लागि तय गरिएको गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा गाउपालिका उपाध्यक्ष रेणुदेवी मण्डल, वाड अध्यक्ष अशोक कुमार साह, प्रमुख प्रशासकीय अधिकृत सरोज झा, नायब सुब्बा दिनेश यादब, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डल, जसपा नेपालका राजकुमार मण्डल राजन, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष नन्दकिशोर मण्डल, शिबजी मण्डल, घनश्याम मण्डल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ