News Category 2081/10/22
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको मोटरसाईकलको पार्टपुर्जा र मोबिल लगायतका सरसमान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अबैधरुपमा ल्याउँदै गरेको १ लाख २३ हजार ८ सय ४० रुपैया मूल्य बराबरको मोटरसाईकल तथा स्कुटीका पार्टपुर्जा मंगलवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विष्णुपुर गाउँपालिका ७ विष्णुपुर चौक नजिकै गस्तीमा रहेका टोलीलाई देख्नासाथ बोरामा राखेर टाउकोमा बोकी पैदलै आउदै गरेका तस्करले उक्त मालसमान सडक मै फालेर भागेको जिल्ला प्रहरी कार्यालृय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
उक्त सरसमान मंगलवार नै राजविराज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ