News Category 2081/10/22
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
स्वास्थ्य सेवामा लापरबाहीका गुनासाहरू बढ्दै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहालले आकस्मिक निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १ सय १ जना कर्मचारीमध्ये २५ जना पोशाकविहीन अवस्थामा उपस्थित रहेको पाइएको तथा ९७ जना अनुपस्थित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासनलाई सेवामा अनुशासन र जिम्मेवारीका साथ लाग्न निर्देशन दिँदै तोकिएको समयमा हाजिर नभएका कर्मचारीहरूमाथि कानुनी कारबाही हुने चेतावनी समेत दिएका छन् ।
उनले आगामी दिनमा अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कडाइका साथ अनुगमन गरिने बताउँदै निर्माणधिन भवन पटक–पटक म्याद थप्दा पनि हालसम्म सञ्चालन नआएकोले भवनका अधुरा काम सम्पन्न गर्न आवश्यक पहल गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
प्रजिअ दाहालले स्थानीय प्रशासनले सर्वसाधारणको स्वास्थ्य अधिकारको रक्षा गर्दै उत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउन थप आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पतालले करार तथा ज्यालादारी कर्मचारीहरू मार्फत विभिन्न सेवा संचालन गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नासु सजिब कुमार साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ