News Category 2081/10/23
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
नगरका गल्लि गल्लिमा खुलेका मदिरा पसलका कारण महिलाहरुलाई उक्त बाटो भएर हिड्न समस्या र असुरक्षा भएको भन्दै यसको उचित व्यवस्थापन गर्न माग गर्दै बुधबार महिलाहरुको एक टोलीले नगरपालिकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
तराई मधेश महिला फाउण्डेशन नेपाल सप्तरी अध्यक्ष सुनिताकुमारी साहको अगुवाईमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
जथाभावी खोलिएका मदिरा पसलबाट मातेर निस्कने गरेका व्यक्तिहरुले महिलाहरुलाई जिस्क्याउने, असभ्य भाषाको प्रयोग गर्ने र समाजको वातावरण नै बिगार्ने गरेको भन्दै ध्यानाकर्षण पत्र मार्फत त्यसको अनुगमन र मदिरा पसललाई जथाभावी दिइने इजाजत पत्र बारे पुर्नमुल्याङकन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
ध्यानाकर्षण पत्रमा मदिरा पसल खोल्ने र बन्द गर्ने समय सीमाको निर्धारण गरिनु पर्ने माग समेत गरिएको छ । ध्यानाकर्षण पत्र बुझदै कार्यवाहक नगर प्रमुख परविनले यसबारे आफूले कडाईका साथ अनुगमन र समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ