News Category 2081/10/23
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
भाईलाई निर्घात कुटपीट गरि हत्या गरेर फरार रहेका दाईलाइ प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलवार साँझ सप्तरीको महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
उनीमाथि आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ । अघिल्लो दिन साँझ पक्राउ परेका गणेशी रजकबारे प्रहरीले बुधवार विस्तृत विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार २०६१ साल माघ १ गते दाजु÷भाईबीच भएको झै झगडाका क्रममा दाई गणेशीले भाई उमेशलाई निर्घात कुटपिट गरेका थिए । घटनाको भोली पल्ट उपचार कै क्रममा उमेसको मृत्यु भएको थियो । घटना पछी गणेशी फरार भएका थिए । हत्याको लामो समय बितिसकेको र प्रहरीले पनि खासै चासो नराखेको अनुमान सहित केही समय यता गणेशी खुला रुपले जीवनयापन गरिरहेका थिए । तर सो बारे जानकारी पाउन साथ प्रहरीले सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमती लिई गाउँबाटै उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
बुधवार नै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ