News Category 2081/10/24
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
राजविराज नगरक्षेत्रमा संचालनमा रहेका इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाले मात्र सम्बन्धित कार्यालयमा विधीवत दर्ता गराएको पाईएको छ ।
सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए ।
उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए । यस्तै ७९ वटा अटोरिक्साले रुट परमिट लिए पनि त्यसको दोब्बर संख्यमा अटोरिक्सा संचालनमा रहेको उनले जानकारी गराए ।
यसरी जथाभावी ढंगले इ–रिक्सा र अटोरिक्सा संचालन हुदा ट्राफिक व्यवस्थापन अस्तब्यस्त बन्नुका साथै दुर्घट्नाको जोखिम समेत बढाएको उनको कथन छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, प्रमुख प्रशाकिय अधिकृत डा.श्रवण साह, ट्राफिक प्रहरी प्रमुख, इ–रिक्सा र अटो रिक्साका सवारी धनी, मजदुर प्रतिनिधी सम्मिलत बैठकले नगरपालिका भित्र संचालनमा रहेका सबै इ–रिक्सा र अटो रिक्साले फागुन २० गते भित्र अनिवार्यरुपमा सम्बन्धित कार्यालयमा आ–आप्mनो सवारी दर्ता, रुट परमिट, नविकरण र विमा लगायतका प्रक्रिया पुरा नगरे त्यस्ता सवारी साधनलाई संचालनमा पुर्ण रोक लगाउने निर्णय गरेको छ ।
सोही बैठकमा कार्यवाहक नगरप्रमुख परवीनले ट्राफिक व्यवस्थापनका लागी आवश्यक समाग्रीहरु जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रतिनीधीलाई सहयोग स्वरुप प्रदान गरेकी थिइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ