News Category 2081/10/27
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
नेपाल–भारत मैत्री संघ केन्द्रिय समितिको सहकार्यमा नेपाल–भारत मैत्री संघ शाखा सप्तरीले गरिब र पीछिडिएका समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको छ ।
राजविराजमा आइतबारदेखी सुरु भएको उक्त तालिमले जिल्लाका विपन्न महिलालाई सीपसंगै आर्थिक उपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको नेपाल–भारत मैत्री संघ सप्तरी शाखा अध्यक्ष मनोज मुन्धडाले बताए ।
अहिले प्रारम्भिक चरण मै २४ जना महिला सिलाई कटाइ तालिममा सहभागी भएको प्रशिक्षिक प्रमिला यादवले बताईन । तालिममा सहभागी महिलाहरुलाई उनले कुर्ती, सलवार, हरेक डिजाईनका कुर्ता, पाइन्ट लगायतका सीप सिकाउन थालेकी छिन ।
स्थानीय छिन्नमस्ता अस्पतालको सभाकक्षमा निःशुल्क रुपमै सूरु भएको सिलाई कटाई तालिमका लागी ११ वटा सिलाई मेशिन संघका केन्द्रिय सहअध्यक्ष शैलेन्द्र मोहन झा र संघका जिल्ला अध्यक्ष मनोज मुन्धडाले निजी खर्च गरेर खरिद गरी सहयोग स्वरुप उपलब्ध गराएका छन ।
विपन्न महिलालाई आय आर्जनको श्रोत जुटाउन र आत्मनिर्भर बनाउन तालिमले सहयोग पु¥याउने आयोजकको विश्वास छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ