News Category 2081/10/27
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
नेपाल–भारत मैत्री संघ केन्द्रिय समितिको सहकार्यमा नेपाल–भारत मैत्री संघ शाखा सप्तरीले गरिब र पीछिडिएका समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको छ ।
राजविराजमा आइतबारदेखी सुरु भएको उक्त तालिमले जिल्लाका विपन्न महिलालाई सीपसंगै आर्थिक उपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको नेपाल–भारत मैत्री संघ सप्तरी शाखा अध्यक्ष मनोज मुन्धडाले बताए ।
अहिले प्रारम्भिक चरण मै २४ जना महिला सिलाई कटाइ तालिममा सहभागी भएको प्रशिक्षिक प्रमिला यादवले बताईन । तालिममा सहभागी महिलाहरुलाई उनले कुर्ती, सलवार, हरेक डिजाईनका कुर्ता, पाइन्ट लगायतका सीप सिकाउन थालेकी छिन ।
स्थानीय छिन्नमस्ता अस्पतालको सभाकक्षमा निःशुल्क रुपमै सूरु भएको सिलाई कटाई तालिमका लागी ११ वटा सिलाई मेशिन संघका केन्द्रिय सहअध्यक्ष शैलेन्द्र मोहन झा र संघका जिल्ला अध्यक्ष मनोज मुन्धडाले निजी खर्च गरेर खरिद गरी सहयोग स्वरुप उपलब्ध गराएका छन ।
विपन्न महिलालाई आय आर्जनको श्रोत जुटाउन र आत्मनिर्भर बनाउन तालिमले सहयोग पु¥याउने आयोजकको विश्वास छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ