News Category 2081/10/28
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
मलाहहरुको हक अधिकारको सन्दर्भमा २० बुदे माग राखि थालिएको रिले अनसन सोमबार चौथो दिन पनि जारि छ ।
मलाह समुदायका अगुवाहरुले मत्स्य मन्त्रालयको स्थापना सहित विभिन्न २० बुँदे माग अघि सार्दै कोशी बाँधमा थालेको अनिश्चितकालिन रिले अनसनलाई सामबार पनि जारि राखेको हो ।
मलाह जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ गतेदेखी कोशी बाँधमा मञ्च निर्माण थालिएको अनिश्चितकालिन रिले अनसनमा सोमबार १३ जनाले सहभागिता जनाएका छन् ।
अनशनको चौथो दिन बुधाई मुखियाको नेतृत्वमा इन्द्रजित मुखिया, सुखीलाल मुखिया, महेश मुखिया, उमेश मुखिया, धर्मदेव मुखिया, सुकदेव मुखिया, दिपक मुखिया, रामदेव मुखिया, रामदेव मुखिया, प्रभु मुखिया, हेमु मुखिया र रामचन्द्र मुखिया लगायत १३ जना रिले अनसनमा वसेका छन ।
सरकारी स्वामित्वमा रहेका मत्स्य फारम, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण, संघीय र प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना, मलाह जातीका बालबालिकालाई स्नातकोत्तर सम्म निःशुल्क शिक्षा र जग्गाविहीन मलाहलाई जग्गाको व्यवस्था गरिनु पर्ने मागहरु अघि सार्दै अनिश्तिकालिन रिले अनसन शुरु गरिएको अनसनकारी मध्येका अगुवा भोला मुखियाले बताए ।
यस्तै सरकारले लगाउदै आएको पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बागी आएको काठ दाउरा संकलन लगायतका ठेक्का कार्य मलाह जातीलाई मात्र दिनु पर्ने, जलसेनाको स्थापना गरी ५० प्रतिशत मलाह जातीको सेना राखिनु पर्ने लगायतका २० बुंदे माग संघले अघि सारेको उनले जानकारी दिए ।
यस अघि २०६४ साल देखी २० बुंदे माग सहित पटक पटक तत्कालिन सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि आश्वासन बाहेक केही नपाइएको उनीहरुको गुनासो छ । पछिल्लो पटक पुष १८ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि माग सम्बोधनको कुनै पहल नभएकाले बाध्य भई संघर्षको बाटो रोज्नु परेको संघका मुखियाको भनाई छ ।
अनिश्चितकालिन रिले अनसनबाट पनि आपृmुहरुको माँग उपर सुनवाई नभए दोश्रो चरणमा आन्दोलनका थप शसक्त कार्यक्रमहरु अघि बढाइने नेपाल मलाह कल्याण संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ