News Category 2081/11/04
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा

दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘अनस्टपेवल फ्रिडम’ अभियानको घोषणा गरेको छ ।
अपाचे राइडरहरुलाई दुई वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यसाथ अभियानको घोषणा गरिएको राजविराजस्थित आराध्य अटो मोवाइल्स प्रालिका संचालक शैलेन्द्र कुमार साहले जानकारी दिए ।
राजविराजस्थित आराध्य अटो मोवाइल्स टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हो ।
जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागसिप मोडेलहरू टिभिएस अपाचे आरटिआर १६० रिफ्रेस ४ भि एफ डि र अपाचे आरटिआर १६० २ भि रिफ्रेस बिटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो ।
विशेष अफरअन्तर्गत नेपालभरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्टस्, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् ।
स्किमअन्र्तगत ग्राहकवर्गले ३१ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
टिभिएस अपाचे आरटिआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डिएनए अनलिस्ड’ को सिद्धान्तलाई प्रतिविम्बित गर्दछ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पूरा गर्ने कम्पनीको भनाइ छ ।
ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टिभिएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टिभिएसले प्रदान गर्नेछ ।
जगदम्बा मोटर्स प्रालि नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ