News Category 2081/11/04
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
संयुक्त विधार्थी संगठन सप्तरीले मधेश कृषि विश्वविद्यालयका कर्मचारीहरुले तलब नपाएको भन्दै गरेको तालाबन्दीको घटनाप्रति आइतबार मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यालय मधेस प्रदेशलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत आइतबार बुझाइएको ज्ञापन पत्रमा समयमा समस्या समाधान नगरी विद्यार्थीको भविष्यसँग खेलवाड गरे संयुक्त विधार्थी संगठन सप्तरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी मधेश प्रदेश सरकारले लिनु पर्ने चेतावनी समेत दिइएको छ ।
समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीका अध्यक्ष श्याम कुमार यादव, अनेरास्ववियु सप्तरीका इन्चार्ज मनिषा कुमारी साह, अनेरास्ववियु सप्तरीका अध्यक्ष सत्य नारायण चौधरी, लोकतान्त्रिक विद्यार्थी संघ सप्तरीकाका अध्यक्ष महेश कुमार यादव, स्वतन्त्र विधार्थी युनियन मविव क्याम्पसका अध्यक्ष रन्जित कुमार यादव र अखिल कान्तिकारी सप्तरीका अध्यक्ष कृष्णा कुमार रामद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सो चेतावनी दिइएको छ ।
मधेश कृषि विश्वविद्यालयको सिनेटको बैठक मधेश प्रदेश सरकारले सम्पन्न नगरेको कारण विश्वविद्यालय विगत केहि महिनादेखी समस्याग्रस्त रहेको जनाउँदै ज्ञापनमा विद्यार्धीहरुको पठन पाठन समेत अवरुद्ध भएकोमा संयुक्त विधार्थी संगठन सप्तरीको ध्यानाकर्षण भएको उल्लेख छ ।
ज्ञापन पत्रमा “मधेश प्रदेश सरकारले समस्या सल्टयाउनुको सट्टा झन भाजो हाल्ने काम गरिरहेको कारण विद्यार्थीको पढन पाउने हकबाट वन्चित भएकोले मधेश प्रदेश सरकारका मुख्यमन्त्री र यस विश्वविद्यालयको कुलपति मुख्यमन्त्री सतिश कुमार सिंह र शिक्षामन्त्री विश्वविद्यालयका सहकुलपति मन्त्री रानीशर्मा तिवारीलाई अविलम्ब मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गरी पठन पाठन सुचारु गर्न संयुक्त विधार्थी संगठन जोडदार माग गर्दछ ।” उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ