News Category 2081/11/07
भन्सार छलिका लाखौं मुल्य बराबरको पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
सप्तरी प्रहरीले भन्सार छली अवैध रुपमा भारतबाट नेपालतर्फ विंगरमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा चेकजाँच गर्दा उक्त सामाग्रिहरु बरामद गरेको जनाएको छ ।
प्रहरीले जिल्लाको खडक नगरपालिका वडा नं. ८ भदिया सडक खण्डमा भारतको लौकही तर्फबाट बिसनपुरतर्फ आउदै गरेको ना.१ज. ८०७८ नम्बरको विंगर चेक जाँच गर्दा १६ लाख ४३ हजार ७ सय १३ रुपैया मुल्य बराबरको माउन्टेन डिउ, जिरा लगायतका खाद्यसामग्रीहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद सामाग्रिसहित विंगर र चालक जिल्लाको खडक नगरपालिका वडा नं. ८ बस्ने ४३ वर्षिय भगवत चौधरीलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ