News Category 2081/11/07
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा ...
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधबार एक नवजात शिशुको शवलाई कुकुरले मुखमा लिएर घुमिरहेको पाईएको छ ।
शरीर पुर्ण रुपमा विकसित नभएको मृत अवस्थामा फेला परेको शिशुको शव कुकुरले बोकेर अस्पताल परिसरमा ल्याएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहले पुर्ण रुपमा शरीर विकसित नभएको शिशुको शव मृत अवस्थामा फेला परेको जानकारी दिए ।
अस्पताल रहेका प्रत्यक्षदर्शीहरुले कुकुरलाई घेराउ गरी पोषण पुनस्र्थापना केन्द्रको पछाडि मृत नवजात शिशुलाई राखेर प्रहरीलाई खवर गरेका थिए । शिशु कसको हो र कुकुरले कहाँ बाट ल्याएको भन्ने कुरा खुल्न सकेको छैन् । घट्नावारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित पत्थरगाडामा पनि नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । दुबै घटनाको विषयमा अनुसन्धानपछि थप जानकारी दिईने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ