News Category 2081/11/13
भूमिहीनको समस्या आफ्नै कार्यकालमा समाधान गर्ने ः अध्यक्ष झा
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाले जिल्लाका भूमिहीनको समस्या आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलवार आयोगको विज्ञ सदस्यमा नियुक्त भएका पञ्च देव चौधरी र महिला सदस्यमा नियुक्त भएकी नानु चौधरीलाई पद तथा गोपनियताको शपथ गराउदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन ।
सोही कार्यक्रममा अध्यक्ष झाले राजविराज नगरक्षेत्रको विटौरी, ब्लक जग्गामा पुर्खाैदेखी वसोवास गर्दै आएका नागरिकलाई लालपुर्जा तथा जिल्लाका भुमिहिनको पहिचान गरि आफ्नै कार्यकालमा जग्गा उपलब्ध गराउने बताए ।
राजविराज नगरक्षेत्रमा पुस्तो देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा पाउन नसक्दा समस्यामा छन् ।
यता नगरवासी विटौरी र ब्लक जग्गाको लालपुर्जासहित नगरका अन्य समस्या समाधानको माग गर्दै संर्घष समिति नै गठन गरी यही फागुन १५ गतेदेखी बिरोध प्रर्दशन, बजार बन्द, नगरपालिका, नापी, मालपोत लगायतका कार्यालयमा तालाबन्दी, रिले अनसन लगायतका चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरिसकेका छन् ।
संघर्ष समितिका अध्यक्ष इरसाद अंसारीले विटौरी र ब्लक जग्गाको वर्षाै देखी कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा, नक्शापास उपलब्ध नगराउँदा बैङ्क तथा वित्तिय संस्थाले त्यस्तो जग्गा स्वीकार गर्न नमानेको भन्दै यसले गर्दा यहाँको व्यापार व्यवसाय चौपट हुनुका साथै शिक्ष, उपचार लगायतका कार्य गर्न पनि नगरवासीलाई समस्या भएको बताए ।
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझीले हजारौ परिवारको पीडा संग जोडिएको नगरको विटौरी र ब्लक जग्गाको समस्या समय मै समाधान गर्न आयोगका नवनियुक्त पदाधीकारीहरुले गम्भिरता देखाउनु पर्ने भन्दै सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, डिभिजन बन कार्यालयका अधिकृत शशिन्द यादव लगायतले पनि विटौरी र ब्लक जग्गाको समस्या समाधान बारे आ–आफ्नो सुझाव सहित नवनियुक्त पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ