News Category 2081/11/14
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
महाशिवरात्रीको अवसरमा बुधबार सप्तरीका शिवालयहरुमा भक्तजनको घुईंचो लागेको छ । विशेष गरि सदमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ मन्दिरमा विहानै देखि घुईचो लागेको हो ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा विहानैदेखि बोलबमको नाराले गुज्यमान बन्यो । २२ किलोमिटर टाढा रहेको सप्तकोशी नदीबाट काँवरमा पवित्र जल बोकेर पैदल यात्रा गरि आएका हजारौं भक्तजनद्वारा लगाइएको बोलबमको नाराले उक्त शिवालय क्षेत्रलाई गुञ्जयमान बनाएको थियो ।
सप्तकोशी नदीबाट जल ल्याएर विहान ५ बजेदेखि ११ बजे सम्मको अवधिमा करिब दुई हजार जति भक्तालुले भगवान शिवलाई जल अर्पण गरेको मन्दिर समितिले जनाएको छ ।
शिवरात्रीका दिन शिवालयमा दुधजल बेलपत्र लगायतका सामग्री अर्पण गर्नु धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएकाले प्रत्येक बर्ष काँवर लिएर आउने भक्तजनको संख्या बढ्दै गएको समितिको भनाई छ ।
उक्त मन्दिरमा आउने दर्शनार्थीहरुका लागि मन्दिर व्यवस्थापन समितिका साथै विश्व हिन्दु युवा परिषद, सामुदायिक सेवा मञ्च र जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्था र कार्यालय मिलेर सुविधा प्रदान गरेका थिए ।
यता महाशिवरात्री कै अवसरमा बुधबार ब्रहमाकुमारी राज्य योग सेवा केन्द्र राजबिराजद्वारा शान्ति यात्रा निकालिएको थियो ।
सेवा केन्द्रको भवनबाट निकालिएको शान्ति यात्रामा मधेश प्रदेश सभासदस्य तथा पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादवसहितको ब्रह्माकुमारी सेवा केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ