News Category 2081/11/16
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ की एक पाँच वर्षिया बालिकासँग छिमेकीले बलात्कार गरेको घटना बाहिरिएको छ ।
नातेदार कहाँ पु¥याईदिन्छु भन्दै छिमेकी १९ वर्षिय कुदुसले मोटरसाइकलमा लगेर बिच बाटोमा एकान्त स्थलमा पु¥याइ बलात्कार गरेको घटना बाहिरिएको हो ।
पीडित बालिकाको विगत तीन दिनदेखि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । पीडित बालिकाको गोप्य अंगबाट अत्याधिक रक्तश्राव भइरहेको अवस्थामा आफन्तले अस्पताल ल्याई पु¥याएका थिए । अस्पताल श्रोतका अनुसार प्रारम्भिक चरणमै उनीसँग बलात्कार भएको देखिएको थियो ।
उक्त अस्पताल परिसरमा संचालनमा रहेको “अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र” मा समेत स्वास्थ्य परिक्षण गराइएको छ । उक्त केन्द्रमा बालिकाको स्वास्थ्य परिक्षण र बयान कार्य सकाई रगत लगायतका बस्तु थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको केन्द्रकी स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताईन । अत्याधिक रक्तश्रावका कारण शुरुमा बालिकाको स्वास्थ्य अवस्था जटिल भएपनि अहिले भने सुधार हुँदै गएको उनले जानकरी दिइन ।
घटना क्रम अनुसार फागुन १४ गते सिमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार विरामी पर्दा छिमेकी १९ वर्षिय कुदुसलाई त्यहाँसम्म पु¥याईदिन ती बालिकाकी आमाले आग्रह गरेका थिए । दश किलोमिटर टाढा रहेको आफन्तकहा पहिले छोरीलाई पु¥याइदिन्छु र त्यसपछि तपाईलाई लग्छु भन्दै दिउँसो मोटरसाइकलमा लिएर गएका छोरीलाई साझ पख भने बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको बालिकाकी आमाले सुनाईन ।
उनले छोरा जस्तो मानेको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै अविलम्ब पक्राउ गरी कडा कारवाही हुनुपर्नेमा माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उक्त घटनाका आरोपित कुदुसको खोजिकार्य भइरहेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ