News Category 2081/11/17
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
राजविराज÷राजविराज–हनुमाननगर सडक खण्डको झलहीमा स्थानीयले शनिबार चक्काजाम गरेका छन् ।
जिर्ण अवस्थमा रहेको सडक स्तरोन्नती कार्यको जिम्मा लिएका ठेकेदारको लापरवाही र ढिलाईका कारण आफूहरु सास्ती भोग्न बाध्य भएको भन्दै स्थानीयले चक्काजाम गरेका हुन् ।
पटक पटक म्याद थपिएपनि निर्माण कार्यलाई गति नदिइएको तथा सडकको दर्जनौं स्थानमा रहेको खाल्डा खुल्डी र हावाले उडाउने धूलोका कारण आफूहरुलाई सास्ती भोग्नु परिरहेको भन्दै आक्रोसित स्थानियवासीहरुले सडक अवरुद्ध पारेका हुन् ।
सडक अवरुद्ध गरिएपछि त्यस मार्गबाट संचालन हुने दर्जनौं सवारी साधन रोकिएको खवर पाएपछि पुगेको सुरक्षा निकायका उच्च अधिकारीको टोलीले स्थानियलाई सम्झाई बुझाई तथा निर्माण कम्पनीलाई काममा गति दिनु कडाईका साथ निर्दैशन दिने आश्वासन दिएपछि २ घण्टा पश्चात आवागमन सूचारु भएको छ ।
यस अघि उक्त जिर्ण सडक मरमत संभार र स्तरोन्नती कार्यलाई गति प्रदान गर्न माग गर्दै तोपा, मन्सापुर र इनर्वामा दर्जनौं पटक स्थानियले सडक जाम गरिसकेका छन् ।
उक्त सडक निर्माण कार्यको २५ करोड ७१ लाख ४६ हजार रुपैयामा सप्तरीको शम्भुनाथ स्थित साह इन्जिनियरिङ्ग कन्सट्रक्सन प्रालिले ठेक्का पाएको छ । तर, समझौता अनुसार काम नभएको र पटक पटक म्याद थप्दा समेत काममा ढिलाई गर्ने प्रवृति दोह्रयाउँदै गएको भन्दै स्थानियले लापरवाही गर्ने ठेकेदार माथि कारवाही गनुपर्ने माग समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ