News Category 2081/11/19
लागु औषधसहित तीन पक्राउ

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले लागुऔषधसहित जिल्लाको दुई स्थानबाट तीन युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका १ स्थित प्रहरी चौकी मौवाबाट खटिएको प्रहरी गस्ती टोलीले उदयपुरको त्रियुगा ९ वस्ने २१ वर्षिय चुडामणी राय माझी र २० वर्षका सुमन परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा कालो रंगको तीनवटा प्लाष्टिकको पोकाहरु र लागुऔषध निट्राभेट–१० एक पत्ता १४ पिस ट्याब्लेट, फेनारगन इन्जेक्शन २ एमएलको ९७ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएल को ९७ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ९७ एम्पुल बरामद भएको हो ।
यस्तै प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिका ४ कदमाहामा एक पैदल यात्रीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ बगाहा टोल बस्ने २३ वर्षका सागर मगर छन् ।
पक्राउ परेका मगरका साथबाट फेनारगन इन्जेक्शन २ एमएलको ११ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएलको ११ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ११ एम्पुल बरामद भएको हो ।
बरामद भएको लागुऔषध र पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कडरवोनाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ