News Category 2081/11/19
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले १५ वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक पसलेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षिय कैला भन्ने सुमित कुमार यादव छन् । प्रहरीका अनुसार उनी पीडित किशोरीको घर नजिकै किराना पसल संचालन गरी वस्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत फागुन १५ गते ती नाबालिका आफ्नै घर बाहिर शौच गर्न निस्कदा आँगनमा रहेको कलमा पानी लिन आएका कैलाले हात समाती किराना पसलमा लगी जवरजस्तीकरणी गरेर फरार भएका थिए ।
अघिल्लो दिन गाउँ घरमै लुकी वसेको अवस्थामा पक्राउ परेका उनलाई सोमवार सप्तरी जिल्ला अदालतबाट म्याद थपेर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
भ०स् ६ दिन अघि जिल्लाकै छिन्नमस्ता गाउँपालिका ७ मा पनि छिमेकीद्वारा ५ वर्षिया बालिका बलात्कृत भएकी थिइन् । उक्त घटनामा संलग्न सोही वडा निवासी १९ वर्षिय कुदुस अझै फरार छन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ