News Category 2081/11/19
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
बाघको आक्रमणबाट सोमबार सप्तरीमा तीन जना घाइते भएका छन् । बिहान सप्तकोशी नगरपालिका १ फत्तेपुरको खोरिया बस्तीमा प्रवेश गरेको बाघले आक्रमण गर्दा उक्त बस्तीका गणेश खत्री, कृष्ण विष्ट र रिजन गोसाई घाइते भएका छन् ।
बिष्ट र गोसाईलाई उपचारका लागि बिराटनगर लगिएको छ भने खत्रीको फत्तेपुरस्थित मोडल हस्पिटलमा उपचार भइरहेको छ । बिहान ६ बजेतिर बाघ उक्त बस्तीमा प्रवेश गरेपछी स्थानीयबीच भागाभाग मच्एिको थियो ।
घर बाहिर बाघ घुमिरहेको चाल नपाई निस्केका खत्री, विष्ट र गोसाई माथी अचानक बाघले आक्रमण गरेको थियो ।
बाघलाई नियन्त्रणमा लिन स्थानीयले सुरक्षाकर्मी, वन कार्यालय तथा कोशी टप्पु बन्य जन्तु आरक्ष प्रशासनलाई गुहारेका थिए । त्यसपछी सुरक्षाकर्मी, वन कार्यालका प्राविधीक तथा स्थानीय समेत मिलेर बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको थियो ।
बाघलाई जालमा पारेर समाउने क्रममा स्थानीय स–मिलमा काम गर्ने तीन जना कामदार समेत सामान्य घाइते समेत प्रहरी चौकी फत्तेपुरका इन्चार्ज पन्नालाल चौधरीले बताए । सोमबार साँझ ५ बजेतिर उक्त बस्तीका भरत विष्टको घरमा पसेको बाघलाई अहिले सोही घरमा ढोका थुनेर राखिएको तथा आरक्षको विज्ञ टोली आएपछी त्यसको उचित व्यवस्थापन गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ