News Category 2081/11/19
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित ठूलो परिमाणमा अवैध मालसामान बरामद
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले राजविराजस्थित एक गोदाममा छापा मारेर ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजासहित अवैध मालसामान बरामद गरेको छ ।
प्रतिबन्धित लागु औषध गाँजा तथा अवैध मालसामान एक ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको तथा केही मालसामान नजिकै रहेको गोदाममा भण्डारण गरि राखिएको गोप्य सुचनाका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको पुगेको प्रहरी टोलीले राजविराज ९ मलेठस्थित एक गोदाममा छापा मारेर ठूलो परिमाणमा गाँजा र अवैध मालसामान नियन्त्रणमा लिएको हो ।
बरामद सामानहरुमा करिब २४ क्विन्टल गाँजा, १ सय ४२ कार्टूृन स्याउ, कपडा, चिनी, सुर्ती, सेनिटरी प्याड लगायतका सरसामान छन् ।
बरामद गरिएको सामानको सम्पुर्ण तौल र मूल्य प्रविधिक मार्फत यकिन गर्ने काम भइरहेकाले सो बारे सम्पुर्ण विवरण दिन केही समय लाग्ने प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
उक्त गोदाम घर कसैले भाडामा लिइ तस्करीको मालसामान र प्रतिबन्धित लागु औषध गाजा भण्डारण गर्ने गरेको र मौका हेरी तस्करी गर्ने गरेको चर्चा रहेको छ । यद्दपी प्रहरीले अनुसन्धान जारी रहेकाले गोदाम घरधनी तथा भाडामा लिने ब्यक्ती बारे अनुसन्धान पुरा भएपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
अनुसन्धानको क्रममा प्रहरीले गोदाम भित्र राखिएका कार र स्कारपीयो तथा गोदाम बाहिर मालसामान लोड अनलोड गरिरहेका २ वटा ट्रक गरी ४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ