News Category 2081/11/21
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बद्री नारायण सरदारले आफ्नै मनमानी ढंगले काम गर्न लागेको स्थानीयले आरोप लगाएका छन ।
स्थानीयले मंगलवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । वडा अध्यक्ष सरदारले प्रकृया, पारदर्शीता उलंघन गर्दै बढीजसो कार्यालयमा नवस्ने, आएको बखत पनि आसपासको चियापसल तथा अन्य ठाउँमा बसेर समय बिताउने गरेका कारण उनी मार्फत हुने गरेका काममा सेवाग्राहीलाई हैरानी हुने गरेको स्थानीय रंजित भगतले बताए ।
उनले उपभोक्ता समिति गठन गरेपनि वडाध्यक्ष सरदार सोको सूचना नै ननिकाली आफ््ना नजिकका ब्यक्तीलाई राखेर गोप्य ढंगले समिति गठन गर्ने गरेको आरोप समेत लगाए । विगत दुई वर्षदेखि हाल सम्मका वडामा गठित उपभोक्ता समितिको तथ्याङ्क माग गर्दा समेत उनले दिन नमानेको बताए ।
यस्तै सोही वडास्थित श्रीलुलसज माध्यमिक विद्यालय तेरौहतामा भवन निर्माणका लागी आएको ५५ लाख रुपैयाको बजेट टेण्डर र कुनै सुचना ननिकाली काम सूरु गरेको र सोको बारेमा निवेदन दिएर जानकारी माग्दा गाउँपालिका कार्यालय र विद्यालयमा गएर बुझ्नु भन्दै तोक लगाएर फिर्ता पठाइदिएको स्थानीय बुदुर चौधरीको गुनासो छ ।
अर्काे स्थानीयवासी रविन्द्र सरदारले राजेन्द्र दासको घर देखी इश्वर भगत र नन्द किशोर भगतको घरदेखि गैंड सिह मन्दिर सम्मको आरसिसी ढलान कामको गूपचुपमा वडाध्यक्षले उपभोक्ता समिति गठन गरी सर्वसाधारणलाई जानकारी सम्म नदिएको गुनासो गरे ।
वडाध्यक्ष सरदारसंग यसबारे बुझ्दा उनले श्रीलुलसज माध्यमिक विद्यालयका लागी आएको रकम विद्यालयकै खातामा रहेको भन्दै त्यस सम्बन्धि कागजात र कुनै अभिलेख वडा कार्यालयमा नरहेको बताए । उपभोक्ता समिति गठन गर्दा त्यसबारे ठाउँ ठाउँमा सूचना टाँस गरी मात्र समिति गठन गरीएको उनको दाबी छ ।
स्थानीयले भने उक्त सम्पुर्ण प्रकरणको छानवीन हुनु पर्ने माग समेत गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ