News Category 2081/11/21
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका उपप्राध्यापक रामअशिष यादव निमित्त क्याम्पस प्रमुखमा नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले यादवलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।
तत्कालिन क्याम्पस प्रमुख सहप्रध्यापक राजिवकुमार मिश्रको पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो ।
निमित क्याम्पस प्रमुखको जिम्मेवारी प्राप्त गरेका यादवले बुधबार पदभार ग्रहण गरेका हुन् । यादवले पदभार ग्रहण गरेपछि क्याम्पसको शैक्षिक वातावरण सुधार गर्दै पठान पाठन नियमित गराउने प्रतिबद्धता जनाए ।
यसैबीच स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पस प्रमुखको कक्षमा गरिएको तालाबन्दी पनि बुधबार नै सहमति पश्चात् खोलिएको छ ।
स्ववियु चुनाव समयमा सम्पन्न गर्ने, नियमित रूपमा सरसफाई गर्ने र पठनपाठनमा भइरहेको ढिलाई अभिलम्ब समाधान गर्ने, क्याम्पसको भत्किएको बाउन्ड्रीवाल निर्माण स्व.वि.यु चुनाव भन्दा पहिले गर्ने, गल्र्स रेष्ट रुप अविलम्ब संचालन गर्ने र क्याम्पस हाताभित्र सुर्तीजन्य पदार्थहरू पूर्णरूपमा निषेध गर्ने सहमति पश्चात् उक्त ताला खोलिएको स्ववियु सभापति रन्जित यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ