News Category 2081/11/21
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
विद्यार्थीमाथी यौन दुव्र्यहार गरेको आरोपमा सप्तरीका एक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धिपुरस्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउत छन् ।
उक्त विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ बर्षीय राउतले मंगलवार कक्षा १० मा अध्ययनरत एक छात्रा माथि विद्यालयको कोठामा यौन दुव्र्यवहार गरेको पाइएको प्रहरीको भनाई छ ।
प्राक्टिकल विषयमा राम्रो अंक दिने र सोही विषयमा केही कुरा गर्नुछ भन्दै कक्षाकोठामा लगि यौन दुव्र्यवहार गर्न थालेपछि आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष वयान दिएकी छिन् । छात्राले हल्ला गरेपछि पुगेका विद्यार्थी र अभिभावकले शिक्षक राउतलाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।
उक्त घट्ना पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कर्यालय कंचनपुरमा शिक्षक राउत विरुद्ध उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले पक्राउ परेका शिक्षक राउतलाई बुधवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई यौन दुव्र्यवहार कसुरमा अनुसन्धान अघि बढाईएको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी पौडेलले छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक राउतलाई व्यवस्थापन समितिको बैठकबाट निलम्बन तथा अन्य कारवाहीका लागि पहल गरिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ