News Category 2081/11/22
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादवले बिटौरी र ब्लक जग्गा समस्या समाधानमा आफू बाधक बनेको भनी गरिएको दुश्प्रचारप्रति आपत्ति जनाएका छन् ।
राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त समस्या समाधानमा आफू बाधक रहेको कुरा प्रमाणित गरे राजनीतिबाटै सन्यास लिने उद्घोष समेत गरे ।
आफ्नो नाम जोडेर केही व्यक्तिले त्यस्ता दुश्प्रचार गरेकोप्रति गम्भिर आपत्ति व्यक्त गर्दै उनले भने, “बिटौरी समस्या समाधानबाट रोक्न र हुलाकी राजमार्गलाई सिरहा रोडहुँदै अदालत रोड तर्फबाट लैजान मैले पहल गरेको भनी मेरो बारेमा दुश्प्रयास भएको छ, ती समस्या समाधानकै लागि आफ्नो स्तरबाट पहल गर्दा गर्दै पनी मलाई बदनाम गराउने षडयन्त्र दुर्भाग्यपूर्ण छ ।”
आफू मेयर भएको बेला २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजविराज नगरपालिकामा रहेको बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि आग्रह गरेको बताउँदै उनले अहिले पनि त्यसको समस्या समाधानमा आफूबाट हुन सक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका लागि तत्पर रहेको प्रतिबद्धता समेत जनाएका छन् ।
आफ्नो कार्यकालमा अनलाइनमार्फत जग्गाको श्रेस्ता राख्ने मालपोत कार्यालयमा प्रणाली सुरु भएपछी बिटौरी जग्गा अनलाइनमा नदेखिने कारणले त्यस्तो भएको भन्दै आफूले त्यस्तो जग्गामा ऋण प्रवाहा गर्न कुनै वाधा रोकटोक नगरेको स्पष्ट पारे ।
सोही पत्रकार सम्मेलनमा वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष माँगीलाल नाईले आफूहरुको कार्यकालमा बिटौरी जग्गा समस्याको लागि पहल भएको दाबीका साथ आगामी दिनमा पनि समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ