News Category 2081/11/22
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादवले बिटौरी र ब्लक जग्गा समस्या समाधानमा आफू बाधक बनेको भनी गरिएको दुश्प्रचारप्रति आपत्ति जनाएका छन् ।
राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त समस्या समाधानमा आफू बाधक रहेको कुरा प्रमाणित गरे राजनीतिबाटै सन्यास लिने उद्घोष समेत गरे ।
आफ्नो नाम जोडेर केही व्यक्तिले त्यस्ता दुश्प्रचार गरेकोप्रति गम्भिर आपत्ति व्यक्त गर्दै उनले भने, “बिटौरी समस्या समाधानबाट रोक्न र हुलाकी राजमार्गलाई सिरहा रोडहुँदै अदालत रोड तर्फबाट लैजान मैले पहल गरेको भनी मेरो बारेमा दुश्प्रयास भएको छ, ती समस्या समाधानकै लागि आफ्नो स्तरबाट पहल गर्दा गर्दै पनी मलाई बदनाम गराउने षडयन्त्र दुर्भाग्यपूर्ण छ ।”
आफू मेयर भएको बेला २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजविराज नगरपालिकामा रहेको बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि आग्रह गरेको बताउँदै उनले अहिले पनि त्यसको समस्या समाधानमा आफूबाट हुन सक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका लागि तत्पर रहेको प्रतिबद्धता समेत जनाएका छन् ।
आफ्नो कार्यकालमा अनलाइनमार्फत जग्गाको श्रेस्ता राख्ने मालपोत कार्यालयमा प्रणाली सुरु भएपछी बिटौरी जग्गा अनलाइनमा नदेखिने कारणले त्यस्तो भएको भन्दै आफूले त्यस्तो जग्गामा ऋण प्रवाहा गर्न कुनै वाधा रोकटोक नगरेको स्पष्ट पारे ।
सोही पत्रकार सम्मेलनमा वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष माँगीलाल नाईले आफूहरुको कार्यकालमा बिटौरी जग्गा समस्याको लागि पहल भएको दाबीका साथ आगामी दिनमा पनि समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ