News Category 2081/11/23
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र पक्राउ परेका चौकीदार सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
राजविराजस्थित एक गोदामबाट ठूलो परिमाणमा बरामद प्रतिबन्धित लागु औषध गाजा र पक्राउ परेका चौकीदारलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि गाजा र चौकीदारलाई सार्वजनिक गरिएको हो ।
पक्राउ परेका चौकीदार ६६ वर्षिय रामनारायण यादव भारत बिहार राज्यको मधुवनी जिल्लाको कुलदौरा ग्रामपंचायत वडा नं. १० छातापुर टोलका बासिन्दा हुन् ।
प्रहरीले उक्त गोदामबाट ८० वडा प्लास्टिकको प्याकेटभित्र राखिएको २ हजार ४ सय ५१ किलो गाजा, कपडा, सेनिटरी प्याड, चिनी, सूर्ती, हार्डवेयर लगायतका सरसामान बरामद गरेको थियो ।
यस्तै गोदाम बाहिर एक ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको ४२ लाख मुल्य बराबरको १ सय ४२ कार्टुन स्याउ समेत नियन्त्रणमा लिई दुबै ट्रक र चालकसहित राजविराज भन्सार कार्यालय चलान गरिएको थियो ।
गोदाम घरमा प्रतिबन्धित लागु औषध गाजा तथा अन्य अवैध मालसामान राखिएको गोप्य सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको सुरक्षानिकायका प्रमुखसहितको टोलीले छापा मारेको थियो ।
सोही पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजविराज ९ मलेठस्थित रहेको गोदामको जग्गा राजनारायण साहको नाममा रहेको बताए । उक्त गोदाम कसैले भाडामा लिई तस्करी धन्दा चलाउने गरेको जानकारी आएपनि यसबारे अनुसन्धनपछी मात्र सत्यतथ्य सार्वजनिक गरिने उनले बताए । श्रोतका अनुसार उक्त गोदाम राजविराजका रोशन भनिने राजेश कुमार यादवले भाडामा लिएका थिए । पक्राउ परेका चौकीदार रोशनका बुढा ससुरा हुन् ।
प्रहरीले गोदाम भाडामा लिइएको भनिएका रोशनको खोजि कार्य भइरहेको तथा जग्गाधनी साहसँग समेत गोदाम भाडा लगायतका विषयमा सोधपुछ गरि अनुसन्धान अघि बढाइने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ