News Category 2081/11/25
वडा अध्यक्षको घर र गोठमा आगलागि हुँदा ११ चौपाया मरे
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का वडा अध्यक्ष शत्रुधन मण्डलको घर र गाई गोठमा शनिबार राती आगलागि हुँदा एक घर र ११ चौपाया जलेर मरेका छन् ।
प्रहरीका अनुसार राती ९ बजेतिर अचानक भएको आगलागिले मण्डलको एउटा घर पूर्णरुपले खरानी भएको छ भने गोठमा रहेको ११ वटा चौपाया समेत जलेर मरेका छन् ।
आगलागिबाट मण्डलको टिनको छानो भएको एउटा घर, फर्निचर, लत्ताकपडा, खाद्यान्न, टिभि र केही कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोही घरसँगै टाँसिएको उनको गोठमा रहेको सात वटा बाख्रा, दुई वटा खसी, एक÷एक भैसि र पारा पनि जलेर मरेका छन् ।
प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले कारण खुल्न नसकेको आगलागिबाट ८ लाख ७८ हजार रुँपैया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
स्थानीयवासी र प्रहरीको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको उनले जानकारी दिएका छन् ।
यता वडाअध्यक्ष मण्डलले आफ्नो घर र गोठमा कसैले आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै त्यसको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ