News Category 2081/11/26
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
नजिकिनै लागेको फागु पूर्णिमाको अवसरमा तराई–मधेश महिला फाउण्डेशन नेपालले उक्त गाउँपालिकाको वडा नं. ६ बभनगामा टोलमा यस्तो कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा आयोजक संस्थाकी अध्यक्ष सुनिता कुमारी साह “क्रान्ति” ले मौलिक संस्कृति र संस्कारको रक्षाका लागि चाडपर्व मनाइनु पर्ने भन्दै होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील गरिन् ।
होली पर्वमा खुल्ला रुपमा मद्यपान, ध्रुमपान र जबरजस्ती रंग दल्ने लगायतका प्रवृती बढ्दै गएको चिन्ता व्यक्त गरेकी उनले समाजमा विकृती फैलाउने खालका यस्ता गतिविधी नगर्न सबैमा आग्रह समेत गरिन् ।
सो अवसरमा फाउण्डेशनकी अध्यक्ष साहले होली पर्वको सन्देश अंकित टि–सर्टहरु कार्यक्रममा सहभागि चार दर्जन भन्दा बढीलाई बितरण गरेकी थिइन् ।
कार्यक्रममा महिला अधिकारकर्मी मञ्जु साह, समाजिक अभियन्ता प्रमोद शर्मा, निवर्तमान वडाअध्यक्ष जिवछ यादव, वडा सचिव चेतनारायण यादव लगायतले पनि बोल्दै तराई–मधेशको संस्कृतीका रुपमा रहेको होलीको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ