News Category 2081/11/26
अग्निपीडितलाई गाउँपालिकाको राहत
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका अग्नीपीडित परिवारलाई गाउँपालिकाबाट सोमबार राहत सामग्री प्रदान गरेको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, पूर्व वडा अध्यक्ष मनोज चौधरीसहितकाले राहत सामग्री वितरण गरेका हुन् ।
गाउँपालिकाबाट सोमबार अग्निपीडित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, कम्बल, हाइजिन किट, च्यूरा ५ किलो, भुजा ५ किलो, नुन २ किलो, भुजिया १किलो, साडी ६ थान, लुङ्गी ६ थान, चामल २५ किलो, खाने तेल १ लिटर, बेडसिट, बाल्टिन, मग, बच्चाको कपडासहितको सामग्री प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
आइतबार राति आगलागी हुँदा सकरपुराका गोकर्ण मुखियाको तीन कोठे एउटा घर, नथुनी यादवको एक घर र लखन मुखियाको एक गरि तीन वटा घर जलेर नष्ट हुँदा ३३ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ