News Category 2081/11/27
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने दिन राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको सभापति पदमा सात जनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट दुई–दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघबाट नितिश कुमार यादव र ओम शंकर साह तथा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रन्जित कुमार यादव र विनयकुमार यादवले छुट्टाछुट्टै मनोनय दर्ता गराएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए ।
यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुबाट मनिषा कुमारी साह, जनमत पार्टी निकट विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट राकेश कुमार यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यादवले जनाए ।
विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको छुट्टाछुट्टै प्यानलले उक्त मनोनयन दर्ता गराएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ