News Category 2081/11/27
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
हाट बजार तरकारी किन्न आएकी एक महिलाले लगाएकी सुनको सिक्रि लुटिएको छ । सोमबार साँझ राजविराज ७ स्थित हटिया बजार पुगेकी राजविराज ४ निवासी ५० वर्षिया सुश्मादेवी साहको सुनको सिक्रि लुटिएको हो ।
तरकारी किन्दै गरेको अवस्थामा पछाडीबाट ग्राहक बनेर आएका दुई÷तीन युवाले विशेष चलाखी गरि कटरको प्रयोग गरि घाटीमा लगाएको अढाई तोलाको सुनको सिक्रि लुटेर लगेको सुश्माले जानकारी दिइन ।
हटियामा अत्याधिक भिड भएको मौका छोपी अचानक आएका चोरले सिक्रि लिएर भाग्दा आफू हल्ला गरेको र जम्मा भएको भिडले पनि चोरलाई समाउन नसकेको उनले दुखेसो पोखिन् । यसबारे प्रहरीलाई समेत जानकारी गराएको सुश्माका श्रीमान नवलले बताएका छन् ।
यसैबीच उक्त स्थानमा रहेको सिसि टिभि क्यामरामा भाग्दै गरेको चोरको भुटेज कैद भएको छ । पीडित पक्षको उजुरी तथा सिसि टिभि फुटेजमा देखिएको हुलिया विवरणका आधारमा अपराधीको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ