News Category 2081/11/27
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले होली पर्व सुरक्षित बनाउन ५ सय २३ सुरक्षाकर्मीसहित ड्रोन र सिसी क्यामराबाट निगरानी गर्ने जानकारी दिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा होलीको शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले यस्तो जानकारी गराएका हुन् ।
होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने, मदिरा सेवन गरि सवारीसाधन चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने लगायतका गतिविधी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने उनले बताए । यसका अतिरिक्त खुल्ला रुपमा मद्यपान, ध्रुमपान जस्ता बिकृतीपूर्ण कार्य गर्नेलाई समेत पक्राउ गरि कानुनमा व्यवस्था भए बमोजिमको कारवाही गरिने उनको भनाई छ ।
होली पर्वका दिन नगर क्षेत्रमा ८४ वटा सीसी टिभि क्यामरा तथा दुई वडा ड्रोन क्यामरामार्फत समेत निगरानी गरिने उनले जानकारी दिए । मर्यादित रुपमा होली मनाउन जिल्लाका सबै वडा एरियामा जिंगल तथा माइकिङ मार्फत सबैसँग अनुरोध गरिने बताएका उनले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित र व्यवस्थित बनाउन ५ सय २३ प्रहरी परिचालन हुने उनले जनाए ।
शान्त र मर्यादित भएर होली मनाउने वातावरणका लागि होली पर्व लक्षित विशेष सुरक्षा योजनामा छड्के चेकिङ, कमान्ड पोष्ट, गाडी मोवाइल, मोटरसाइकल गस्ती, ट्राफिकसहितको चेक प्वान्ट, पैदल गस्ती लगायतका सुरक्षा रणनीति समेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो अवसरमा प्रहरी उपरिक्षक खतिवडा तथा संचारकर्मीहरु एक आपसमा रंग, अबिर लगाएर होलीको शुभकामना साटासाट गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ