News Category 2081/11/28
होली परम्परा धान्दै मारवाडी समुदाय
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
होली पर्वमा उत्साह बढाउन राजविराजका मारवाडी समुदायले विगतमा होली आगमनको दुई÷तीन दिन अघिदेखी नै राजविराजको मुख्य बजार क्षेत्रमा ढोलसहित गाउने गरेको गित र नाचगान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छन् ।
तराई मधेशमा एक आपसमा रंगअबिर खेल्दै मनाइने उत्साह र उमंगको पर्व होलीको रौनकता घट्दै गएको बेला मारवाडी समुदायले यस्तो अग्रसरता देखाएका हुन् ।
मारवाडी युवा मञ्चका केन्द्रिय सदस्य समेत रहेका बिसान्त जैनले भने, “बढ्दो महंगी र व्यवसायिक मन्दीका कारण हरेक चाड पर्व फिक्का हुन लागेको छ, निरासालाई उत्साहमा परिणत गर्न र परम्परालाई जोगाइ राख्न पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं ।”
मारवाडी यूवा अगुवा उज्जवल काबराले होलीमा उत्साह जगाउन आफूहरु समूह बनाएर होली गित गाउँदै होलीको स्वागतमा लागेको सुनाए । मारवाडी समुदायका युवाहरु अहिले राती ८ बजेतिर समूह बनाएर होली गित गाउँदै बजारको मुख्य चौकमा नाचगान गर्दै होली आगमनको प्रतिक्षा गरिरहेको मारवाडी यूवा मञ्च राजविराजका अध्यक्ष होमेश काबराले बताए ।
फागु अर्थात होली पर्व यस वर्ष पहाडमा बिहीबार र तराई मधेशका जिल्लामा शुक्रबार परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ