News Category 2081/11/28
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
राजविराज नगरपालिका ७ हटिया की २० वर्षिया रोशनी कुमारी साह वेपत्ता भएको बुधवार २६ दिन पुगेको छ । तर अहिले सम्म उनको पत्तो छैन ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित रामन्दिर दर्शनका लागि परिवारसहित पुगेकी रोशनी त्यहीबाट वेपत्ता भएकी हुन् ।
रोशनीका परिवार, आफन्तजन र साथी भाई समेत फोटो बोकेर सम्भावित स्थानहरु आफै खोजीमा भौतारिएका छन । आमा पृmुल कुमारी, बुवा विरेन्द्र र दाजु विकास संगै फागुन ३ गते शनीवारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नंं.गेटमा अचानक उर्लिएको भीडमा उनी सम्पर्क विहीन भएको परिवारजनको भनाई छ ।
मंगलवार राजविराज फर्किएका परिवारजनले खोजतलासका क्रममा लामो समयसम्म अयोध्यामा वस्दा पनि कतैबाट कुनै सुराक फेला पार्न नसकिएको र निराश भई फर्किएको सुनाए ।
परिवारजनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय प्रहरीको एसएचओ अभिमन्यु शुक्ला, सिओ अरुण श्रीवास्तव र सिएएसइआइओ आशुतोष तिवारी लगायतका प्रहरीका उच्च अधिकारी समेतलाई भेटेर खोजतलासका लागी सहयोग गर्न आग्रह गरेका थिए । तर अहिले सम्म सफलता मिल्न सकेको छैन ।
भारतीय प्रहरीले उत्तर प्रदेशका ८४ वटा थाना क्षेत्रमा रोशनीको चित्र अंकित पोस्टहरु समेत पर्खालहरुमा टाँसेर खोजतलास गरिरहेको साह परिवारले जानकारी दिए ।
भारतीय प्रहरीले मन्दीर परिसर तथा आसपासका सीसीटीभी क्यामेराका फुटेज पनि नियालेका छन । जसमा उक्त दिन कालो सुरुवाल, गुलावी कुर्ता र सेतो स्वेटर लगाएकी रोशनी कालो ब्याग झुण्ड्याएर मन्दिरको ५ सय मिटरको दुरीमा रहेको दन्ताबनकुण्ड तर्फ बढी रहेको र सेतो टिसर्ट लगाएका तीन जना युवक एक आपसमा केही इशारा गर्दै उनलाई पच्छाइरहेको स्पस्ट देखिन्छ् । कुन्डको गेट भित्र प्रवेश गरेपछी भने सीसीटीभी क्यामेरा जडान नभएका कारण त्यसपछीको अवस्था बुझ्न कठिन भएको भारतीय प्रहरीको भनाइ रहेको छ ।
यद्धपी रोशनीको हुलीया सर्कूलर गर्नूका साथै ८४ वटा थाना क्षेत्रमा पोस्टर समेत टाँस गरी खोजी कार्य जारी राखेको भारतीय प्रहरीलाई उद्यत गर्दै साह परिवारले जनाएको छ ।
सीसीटीभी फुटेजमा देखिएको रोशनीलाई पच्छाई रहेका तीन जना युवकले अपहरण गरेको हुन सक्ने आशंका समेत ब्यक्त गर्दै परिवारजनले सो कोणबाट पनि अनुसन्धान तथा रोशनीको अवस्था पत्ता लगाई सकुशल उद्धारमा सहयोग गर्न सबैसँग अपिल गरेका छन ।
यस क्रममा साह परिवारले मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहलाई समेत भेटेर सहयोगका लागी भारत सरकार संग पहल गर्न आग्रह गरेका छन । रोशनीले प्रयोग गरेको मोवाईल सो दिन संयोगवश अभिभावक सित नै छाडेकाले मोबाइलको प्राविधीक पक्षबाट अनुसन्धान गर्ने पाटो पनि बन्द भएको भारतीय प्रहरीहरुले बताएको परिवारजनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तीर्थयात्राका लागि भारतको अयोध्या पुगेकी राजविराजकी रोशनी सम्पर्कबिहीन भएको भनी परिवारजनबाट जानकारी प्राप्त भएको तथा भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय गरि खोजतलासमा सहयोग गर्न पहल गरेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ