News Category 2081/11/28
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दुई स्थानमा ग्राम उद्योग बन्ने
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको दुई स्थानमा ग्रामिण क्षेत्रका महिलाई रोजगार उपलब्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ग्राम उधेग बनने भएको छ ।
सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् ।
ग्राम उद्योग भवनको राजविराज नगरपालिका १५ स्थित मुसहरनिया र महदेवा गाउँपालिका १ पकरीमा आयोजित समारोहका बीच उनले भुमीपुजन गरि शिलान्यास गरेका हुन् । ५०–५० लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा राउतले आफ्नो श्रोत, साधन र प्रयासले भ्याएसम्म शिक्षा, स्वास्थ्य, कृषि र रोजगार क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो क्रम चलिरहने बताए ।
उक्त ग्राम उद्योगमा विभिन्न स–साना उद्योग स्थापना गरिने तथा महिलालाई सीप सिकाएर रोजगारीको व्यवस्था मिलाउने योजना रहेको जनमत पार्टी मधशे प्रदेश संसदीय दलका नेता एवं पूर्व मन्त्री महेश प्रसाद यादवले बताए ।
डा राउत र संसदीय दलका नेता यादवकै पहलमा मधेश प्रदेश सरकारबाट उक्त बजेट बिनियोजन भएको बताइएको छ ।
सो अवसरमा जनमत पार्टीका महासचिव चन्दन सिंह, संगठन विभाग प्रमुख जयकान्त राउत लगायतले पनि बोल्दै ग्राम उद्योग स्थापनाले यस भेगका महिलालाई रोजगारको माध्यमले आत्मनिर्भर बनाउन मद्दत पु¥याउने विश्वास गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ