News Category 2081/11/28
मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनु जरुरी छ ः मन्त्री लेखी
.jpeg_08b.jpg)
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
मधेश प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका भौतिक संरचनाको विकासमा प्रदेश सरकारले निरन्तर ध्यान दिने बताएका छन् ।
बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका नगरपालिका २ बरमझियास्थित सशस्त्र प्रहरी बलको विशेष तालिम शिक्षालयमा ब्यारेक र मेस भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखीले यस्तो बताए हुन् ।
शिलान्यास कार्यक्रमका क्रममा मन्त्री लेखीले आगामी वर्षहरूमा सुरक्षा निकायहरूको भौतिक संरचना निर्माणमा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू समेत ल्याउन लागेको जानकारी दिए ।
सोही क्रममा मन्त्री लेखीले मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने जरुरी भइसकेको बताउँदै मधेसमा डिजे एउटा समस्याको रूपमा संस्थागत भइरहेको बताए । उनका अनुसार यो समस्याप्रति मधेसका सबै स्थानीय तहहरुले सक्रिय भई प्रतिबन्ध गराउनेतर्फ लाग्नु पर्ने सुझाव समेत दिए
मधेस प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयले चालू आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट उक्त भवन बन्न लागेको तालिम केन्द्र शिक्षालयका एसएसपी नेत्रबहादुर कार्कीले बताए ।
शिलान्यास कार्यक्रममा सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव,सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, कञ्चनरुप नगरपालिकाका उपमेयर मुना कुमारी पोखरेल, वडा २ का अध्यक्ष मेहेन्दी हुसेन, वडा १२ का अध्यक्ष देवी बहादुर खत्री, सप्तकोशी नगरपालिका वडा २ का वडाअध्यक्ष जाहिर हुसेन लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ