News Category 2081/12/04
एकै ब्यक्तीको एक दिनको फरकमा दुई किसिमको स्वास्थ्य रिर्पाेट
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
एकै व्यक्तिको स्वास्थ्य रिपोर्ट एक दिनको फरकमा दुई किसिमको आएपछि प्रयोगशालाप्रति प्रश्न चिन्ह खडा भएको छ ।
प्रयोगशाला पिच्छे फरक–फरक रिर्पाेट आउनाले विरामी र चिकित्सक समेतलाई अफ्ठ्यारोमा पारेको छ । कुन रिर्पाेटको आधारमा बिरामीका लागि औषधी लेख्ने बारे समेत समस्या परेको छ ।
पत्रकारिता पेशामा रहेका सप्तरीको रुपनी गाउँपालिका ४ निवासी ४९ वर्षिय विनयकुमार लाल कर्णको यस्तो रिपोर्ट आएको हो । उनी नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष समेत हुन ।
गत फागुन २७ गते स्वास्थ्यमा समस्या भएपछि उनी राजविराजस्थित स्थानीय गजेन्द्र नारायण सिह अस्पताल परिसरमा संचालनमा रहेको प्रयोगशालमा रगत जचाएका थिए । रगत जचाउदा रिर्पोटमा खाली पेट १ सय ७२ र खाना खाएपछि रगतमा चीनी (सुगर) को मात्रा १ सय ५३ देखाइएको थियो ।
विगतमा कहिले सुगरको मात्रा नबढेको तर रिर्पाेटमा मात्रा बढेको देखिएपछि उनलाई रिर्पाेटमाथी नै शंका लागी भोली पल्टै फागुन २८ गते विहान पुनः रगत जाँचका लागी विराटनगर पुगे ।
विराटनगरको इन्डोक्राइन क्लिनिकमा पुनः जाँच गराउँदा खाली पेटमा ९६ र खाना खाएपछि रगतमा चिनी (सुगर) को मात्रा १ सय २९ को रिर्पोट आयो । त्यस पछि चकित परेका उनी दुबै रिर्पाेट लिएर चिकित्सक कहाँ पुगे । चिकित्सकले विराटनगर कै रिर्पाेटलाई मान्यता दिदै औषधी चलाएपछी आफ्नो स्वास्थ्यमा सुधार भएको कर्ण बताउँछन ।
रिर्पाेट कै आधारमा डाक्टरले औषधी लेख्ने भएको हुँदा ल्याब पिच्छे फरक रिर्पाेट आउनुले आफु मात्र नभई केही बेर चिकित्सक समेत अलमलमा परेको र अन्त्यमा सोच विचार गरी विराटनगर कै रिर्पाेटलाई आधार बनाएर औषधी दिएको कर्णले सुनाए ।
उनले दुबै प्रयोगशालाबाट फरक फरक रिर्पाेट आउँदा विरामी र चिकित्सकलाई अलमलमा पार्नुका साथै कसको रिर्पाेट ठिक मान्ने ? भन्ने गम्भिर प्रश्न उठेको समेत बताए । उक्त दुबै प्रयोगशालाका स्वास्थ्यकर्मीले भने आ–आफ्नो रिर्पाेट नै ठिक रहेको दाबी गरिरहेका छन ।
यसरी एउटा रिर्पाेटमा चिनीको मात्रा कम र अर्काेमा बढी हुनुलाई सामान्य फरक भन्न नमिल्ने बताउँदै पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले त्यस्ता ल्याब र क्लिनिकहरुमा पनि कडाइका साथ सम्बन्धित निकायद्वारा अनुगमन गरिनु पर्ने माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ