News Category 2081/12/06
आजदेखी एसइई, सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
आज (बिहीबार) चैत ७ गतेदेखी संचालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सप्तरी जिल्लाबाट कुल ८ हजार ७ सय १५ विद्यार्थी सहभागी हुँदैछन् ।
जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४२ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशि यादवले जानकारी दिए ।
प्रमुख यादवका अनुसार साधारण तर्फबाट ७ हजार ८ सय ४८, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ५८ विद्यार्थी सहभागी हुदैछन् । उक्त संख्याको विद्यार्थीहरुका लागि ३७ वटा परीक्षा केन्द्र, ३७ केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४ सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५ सय ५५ जना सुरक्षाकर्मी, १ सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा १ हजार ३ सय २ जना कर्मचारी परीक्षामा खटिने प्रमुख यादवले जनाए ।
मधेस प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा कम सप्तरी जिल्लाबाट परीक्षामा बिद्यार्थी सहभागी हुँँदैछन् ।
मुलुकभर यस वर्षको परीक्षामा विद्यार्थीहरुको संख्या ५ लाख १४ हजार ७१ जना छन् । परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।
एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ भने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ