News Category 2081/12/07
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा ३ सय १२ परीक्षार्थी अनुपस्थित
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बिहीबार सप्तरीमा ३ सय १२ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षा भने शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
जिल्लाको ३७ वटा परीक्षा केन्द्रमा संचालन भईरहेको परीक्षामा उक्त संख्याका परीक्षार्थी अनुपस्थित देखिएको हो ।
सप्तरीबाट कुल ८ हजार ७ सय ५६ विद्यार्थी परीक्षामा सहभागी हुने जनाईएपनि पहिलो दिन ८ हजार ४ सय ४४ जना मात्र परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशीकुमार यादवले जानकारी दिए । परीक्षामा ४ हजार ३० पुरुष र ४ हजार ४ सय महिला गरि ८ हजार ४ सय ४४ जना सहभागि भएको उनले बताए ।
जिल्लाका ९२ सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४४ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले जनाएको छ ।
सप्तरीबाट नियमित तर्फ ७ हजार ८ सय ५९, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ८८ विद्यार्थी सहभागी हुने बताईएको थियो ।
जिल्लाको लागि ३७ वटा परीक्षा केन्द्र, ३७ केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४ सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५ सय ५५ जना सुरक्षाकर्मी, १ सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा १ हजार ३ सय २ जना कर्मचारी खटाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ