News Category 2081/12/08
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराजस्थित कामना सेवा विकास बैंकले कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
बैंकद्वारा साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार उक्त वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
स्थानिय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिएका छन् ।
राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधिबारे जानकारी दिने र लगानीका क्षेत्रबारे सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई छ ।
कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्षबारे विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ