News Category 2081/12/08
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार

दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
जनज्योती कृषि सहकारी संस्था लि. राजविराजले आफ्ना शेयर सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ ।
पायलस, फिसर र फिसटुला रोग सम्बन्धी एञ्जला फाउण्डेशनको प्राविधिक सहयोग र संस्थाको समन्वयमा शुक्रबार संस्थाकै कार्यालयमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा २० जना पुरुष र १५ जना महिला गरि ३५ जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमा २ जना महिला र ७ जना पुरुषको बिना अपरेशन उपचार गरिएको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् ।
डा. बिजय किशोर ठाकुर र डा. ललित नारायण राम तथा प्राविधिकसहित १३ जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।
यसअघि फागुन २ गते सोही फाउण्डेशनको सहयोगमासंस्थाका शेयर सदस्यहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रममार्फत स्वास्थ्य स्क्रिनिङ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ