News Category 2081/12/08
ठूलो परिमाणमा बरामद गाजा नष्ट
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद लागुऔषध गाजा शुक्रबार सप्तरी प्रहरीले नष्ट गरेको छ ।
राजविराज नगरपालिका १५ स्थित खाडो खोला छेउमा २४ क्विन्टल भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
खाडो खोला छेउमा जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रहरीले उक्त अवधीमा बरामद गरेको अन्य गाजा एकै दिन नष्ट गर्न सम्भव नभएकाले प्रक्रिया पुरा गरि बाँकी रहेका गाजा शनिबार नष्ट गरिने जनाएको छ ।
उक्त गाजाहरु चोरी तस्करी गरि भारततर्फ लैजादै गरेको अवस्थामा र गोदाममा भण्डारण गरि राखिएको अवस्थामा प्रहरीले डेढ महिना यता नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ