News Category 2081/12/08
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी घरमै राखिएका एक बालकलाई उद्धार गरि उपचारका लागी आश्रमले लिएर गएको छोरा प्रविण ९ महिनापछि वेपत्ता भएका छन् ।
आश्रमबाटै वेपत्ता भएकपछी उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन । सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन ।
आर्थिक अभावका कारण उनले सुस्त मनस्थितीका २३ वर्षिय छोरा प्रविणको उपचार गराउन नसकी घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी राखेका थिए । आर्थिक अभावमा उपचार गराउन नसकी सुस्त मनस्थितीका छोरालाई यसरी बाँधेर राखिएको खबर पाएपछि पुगेको जनकपुरस्थित मानव सेवा आश्रमको टोलीले गत २०८१ असार ४ गते उद्दार गरी लगेको थियो ।
मधेश प्रदेशका तत्कालिन बन राज्यमन्त्री रञ्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, तत्कालिन प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेल तथा आश्रमका मधेश प्रदेश इन्र्चाज विवेक महतो, आश्रमका सचिव सुमन बर्ताैलाको उपस्थितीमा उद्दार गरी आश्रमले लगेकोमा फागुन ६ गते प्रविण भागेर सम्पर्क विहिन भएको भनी आश्रमले वडाअध्यक्ष गोपाल चौधरीलाई खबर गरेको थियो ।
सात वर्ष अघि उनले श्रीमान् परशुरामलाई गुमाएकी थिइन । मुटुमा देखिएको समस्या रकम अभावका कारण समयमै उपचार गराउन नसक्दा उनका श्रीमान परशुरामको मृत्यु भएको थियो । कान्छो छोरा सन्तोष मजदुृरीका सिलसिलमा हाल काठमाडौंमा छन ।
आश्रमका सचिव सुमन बर्ताैलाले शुक्रवार सञ्चारकर्मीहरुसीतको कुराकानीमा आश्रमका केही सरसमानका साथै फोहर उठाउन गाडी आएको वखत ढोका खोलेको मौका छोपी लुकेर प्रविण भागेको बताएका छन् ।
हाल आर्थिक समस्याका कारण एकजना मात्र सुरक्षा गार्ड राख्न सकिएको र उनी मुल ढोका मै लोडिङ कार्यमा व्यस्त रहेका बेला अचानक प्रविण भागेको उनको भनाइ छ । यहाँ ल्याउने व्यक्तीलाई घरमा जस्तो बाधेर राख्ने प्रचलन आश्रममा नरहेको र प्रविणमा क्रमशः सुधार हुदै गएको अवस्थामा एक्कासी भागे पछि आफुहरु चकित परेको उनको भनाई छ ।
प्रविण भागेपछि उनको हुलीयासहित खोज तलासमा सहयोग गरिदिन प्रहरीका जिल्लादेखी केन्द्र सम्मका उच्च अधिकारीलाई आग्रह गरिएको उनले बताए ।
आर्थिक अभावका बावजुद पनि प्रविणको उपचार र खानपीनको व्यवस्था आश्रमले गर्दै आएको बताउँदै उनले प्रविण एक्कासी भाग्नु आफुहरुका लागी पनि दुखःद र दुर्भाग्यपुर्ण भएको सुनाए ।
आश्रमलाई राज्यपक्षबाट समय मै आवश्यक बजेट उपलब्ध हुन नसक्दा ५ महिनादेखी घर भाडा र दुई महिनादेखी कर्मचारीहरुले तलब पाउन नसकेको दुःखेसो समेत उनले सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ