News Category 2081/12/09
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
मोटरसाईकल र सिटी सफारी एक आपसमा ठोकिदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका ५ बुधेवा निवासी ३१ बर्षीय दिपेश मण्डल छन् ।
कंचनरुप नगरपालिका १० वदगामास्थित पुर्व पश्चिम राजमार्गमा कंचनपुरबाट भारदहतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नम्बरको सिटि सफारी र विपरित दिशाबाटबाट आउदै गरेको प्र.३–०१–००२ प ८२८९ नम्बर मोटरसाइकल बुधवार राति एक आपसमा ठोकिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा कंचनरुप ३ का ३२ बर्षीय राम सेवक राम, वडा नं. १० का २७ बर्षीय राज कुमार गुप्ता, ३० बर्षिय अजय कुमार गुप्ता, सोही ठाउँका सफारी चालक ४५ बर्षीय पृत्रिब देव पण्डित र वडा नं. ५ का २२ बर्षीया आरती देवी खंग घाईते भएका थिए ।
घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही अस्पतालमा उपचार भइरहेको मोटरसाइकल चालक मण्डलको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ