News Category 2081/12/10
एक दर्जन नेपाली भारतमा सम्मानित
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
मानवअधिकार, महिला शसक्तिकरण, समाजिक न्याय, संचार लगायतका क्षेत्रमा योगदान गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन् ।
भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकत्तामा आइतबार ग्लोबल ह्युमन राइट्स प्रोटेक्शन फोरमले एक कार्यक्रमको आयोजना गरि १५ जना नेपालीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता कुमारी साह क्रान्ति, पूर्व प्रदेश सांसद नेत्रविक्रम साह, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, अधिकारकर्मी एवं संचारकर्मी बृजमोहन कुशवाहा, सामाजिक अभियन्ता अनवर अली छन् ।
त्यस्तै पारस प्रसाद जयशवाल, प्रमिला गिरी, सत्येन्द्र प्रसाद गुप्ता लगायत १५ जना ग्लोबल ह्युमन राइट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।
नेपाली टोलीको नेतृत्व तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष साहले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि ह्युमन राइट्स प्रोटेक्शन फोरमका अध्यक्ष बिरमणि सिंह, पश्चिम बंगालका अध्यक्ष महानन्दा सरकार दत्त, डा. बिजयी कस्तुरी, डा. अजित दत्त, डा. प्रकाश रमभाव, डा. मुकुल चक्रवती लगायतले उक्त अवार्ड प्रदान गरेका थिए ।
उक्त फोरमले विगत दुई दशकदेखी मानवअधिकार, महिला सशक्तिकरण र सामाजिक न्याय लगायतका क्षेत्रमा काम गरेका व्यक्तित्वहरुको छनौट गरि सम्मान गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ